एनआरएन अभियानका आठ वर्ष

- जीवा लामिछाने              


'नेपालीका लागि नेपाली' भन्ने सन्देश लिएर विदेशमा बस्ने नेपाली समुदाय संगठित हुनथालेको आठ वर्ष बितेको छ । संगठित भए विदेशमा पनि नेपालीको हकहित संरक्षणको आवाज बुलन्द बनाउन सकिन्छ तथा सीमित साधन, स्रोत र अनुभवलाई एकत्रित गरी मातृभूमिमा पनि केही योगदान गर्न सकिन्छ भन्ने मान्यता बोकेर गैरआवासीय नेपाली अभियान सुरु भएको थियो । नेपालको आर्थिक, सामाजिक रूपान्तरणमा आफ्नो सामूहिक भूमिकाको खोजीले गैरआवासीय नेपाली अभियानमा संलग्न हुन हामीलाई प्रेरित गरेको हो ।
संगठित हुने स्थापनाको पहिलो उद्देश्यमा हामीलाई निकै सफलता मिलेको छ । आठ वर्षको छोटै अवधिमा ५७ मुलुकमा विस्तार भई गैरआवासीय नेपालीको विश्वव्यापी सञ्जाल निर्माण भएको छ । विदेशमा नेपालीहरूका धेरै संगठन भएपनि सबैलाई समेट्न सक्ने साझा संगठनको खाँचोलाई गैरआवासीय नेपाली संघको सञ्जालले पूरा गरेको छ । हुन त भारतीय, चिनियाँ, ल्याटिन अमेरिकन र अफ्रिकन डायस्पोराको आ-आफ्नो मूल देशमा बढेको सक्रियता र पारस्परिक सहयोगको सफलताको कथाले पनि हामीलाई प्रेरित गरेको थियो । तर अहिले हाम्रो सञ्जालले अरू डायस्पोरालाई उछिनेको छ । पछि जन्मिए पनि यति धेरै मुलुकमा विस्तारित भएको डायस्पोरा सञ्जाल सम्भवतः अर्को छैन । बलियो संगठनका कारण विदेशमा आफ्ना हकअधिकारमा दाबी गर्ने हाम्रो शक्ति त बढेको छ नै, नेपालमा पनि संगठित भएर सामूहिक सहभागिता जनाउने सामथ्र्यमा वृद्धि भएको छ । यही सुदृढ सञ्जाललाई मध्यनजर गरी बुधबार (आज) देखि सुरु हुने गैरआवासीय नेपाली संघको पाँचौं विश्व सम्मेलनको नारा 'हाम्रो सञ्जाल, हाम्रो पहिचान समृद्ध नेपाल' तय गरिएको छ ।

स्विट्जरल्यान्ड सपना

- जीवा लामिछाने              

काठमाडौ, श्रावण ८ -

लामो समयदेखि नेपाललाई स्विट्जरल्यान्ड बनाउने भाषण गर्दै र सुन्दै आइएको छ । नेपालजस्तै भूपरिवेष्ठित यो पहाडी मुलुकको नेपालसँग अरु के-के समानता छन् । किन अहिलेसम्म नेपाल यस्तै विकसित हुन सकेन ?

पञ्चायतकालीन नेताहरूले जनतालाई स्विट्जरल्यान्डको सपना देखाउँथे । 'हामी मुलुकलाई स्विट्जरल्यान्ड बनाउँछौं' भन्ने त नेताहरूको थेगोजस्तै थियो । प्रजातन्त्रकालमा पनि नेताहरूले यो थेगो छोडेनन्, सपना बाँड्न छोडेनन् । नेपालजस्तै पहाडी र भूपरिवेष्ठित भएर पनि समृद्ध मुलुक भएकाले स्विट्जरल्यान्डको सपना देखाइएको होला । बाँडिएका ती सपनाहरूले गर्दा मेरो मानसपटलमा स्विट्जरल्यान्डकै जस्तो सुन्दरता र समृद्धि हाम्रो मुलुकमा पनि हुनेछ भन्ने विश्वास स्थापित भएको थियो ।

एनआरएन: अपेक्षा र यथार्थ

- जीवा लामिछाने              

२०४६ सालको राजनीतिक परिवर्तनले पासपोर्ट खुला गरेपछि ठूलो संख्यामा नेपाली विदेशिने क्रमसँगै संसारभरि नेपाली डायस्पोरा फैलिएको छ । साढे २ दशकभन्दा कम समयमा सबै महादेशमा नेपालीले उल्लेख्य उपस्थिति जनाइसकेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को छैटौं महाधिवेशन/विश्व सम्मेलनमा ५० देशका साथीहरूले सहभागिता जनाइरहनुभएको छ । विदेशमा बस्ने ने पालीले पनि मातृभूमिका लागि केही गर्नुपर्छ भनेर गैरआवासीय नेपाली संघको परिकल्पना गरिएको हो ।
विदेशका नेपाली विभिन्न संघ-संस्थामा संगठित हुने क्रम एनआरएन जन्मनु अघि नै सुरु भएको हो । नेपाली कांग्रेस समर्थक जनसम्पर्क मञ्च, नेकपा एमाले समर्थक प्रवासी नेपाली संघ आदि पहिलेबाटै थिए । तर सम्पूर्ण नेपालीको साझा अराजनीतिक मञ्च  चाहिन्छ भनेर एनआरएन परिकल्पना गरिएको हो । छिमेकमा भारत सरकारले गैरआवासीय भारतीय (एनआरआई) लाई संगठित गरी मातृभूमिमा लगानी भित्र्याउन थालेकाले पनि हामी प्रेरित भयौं ।

दसैं उत्सब



जब नेपाली पात्रोमा घटस्थापना शुरु हुन्छ अनी मन मस्तिस्कमा दसैंको ढ्याङ्ग्रो बज्न थाल्छ । घर देखी टाढा रहेकाहरुलाई घर जाने हतारो, साना केटा केटीहरुलाई नयाँ लुगा किन्ने हतारो, आफन्तहरु बिच भेटघाट गर्ने हतारो, मन्यजको आशिर्बाद थप्ने हतारो, किन्मेल गर्ने हतारो, यो हतारोको बिचमा अघिल्ला दसैंहरुको उल्लासको झझल्को मन मस्तिस्कमा आइरहेको हुन्छ । त्यही सम्झनाले पनि अझै यो सलको दसैंपनी उल्लासमय बन्ने सपना अनी कल्पनामा दसैं मान्न हतारिन्छन मनहरु । बिशेषत दसैं हिन्दू धर्मावलम्बीहरुले मान्ने परम्परा हो । हिन्दू सस्क्रीती हो । अघिल्ला सासकहरुले गरेको भुलले गर्दा अन्य धर्म माने धर्मालु अनी अन्य समुदायले पनि एस पर्वलाई बिशेष महत्वका साथ माने गर्दै आइरहेका छन । र पछीला बर्षहरुमा दशै माने परम्परामा केही परिवर्तन आएको छ, केही बिकास भएको छ । दसैंको अवसरमा लामो सरकारी बिदा हुने भएकोले पनि सम्पूर्ण नेपाली यो बिदाको अवसर सदुपयोग गर्न चाहन्छन । त्यसैले पनि काम बिशेषले घर देखी टाढा रहेका ब्यक्तीहरु घर फर्कान्छन, साथीभाइ भेटघाट गर्छन अनी रमाउछन । आफन्तहरु बिच भेटघाट गर्ने अवसर पनि यो समयमा जुर्दछ । यिनै बाहानाहरुले गर्दा समग्रमा सम्पूर्ण नेपालीले दसैं मनाउछन भनीदियो । तर बास्तबिकता फरक छ । ईतिहास पल्टायर हेर्ने हो भने यो दसैं पर्व जनजाती समुदायमा लादियको छ । उदाहरणको रुपमा - तामाङहरु बोन धर्म मान्थे र अहिले पनि मान्छन, बिस्तारै बौद्ध धर्ममा आस्था राख्ने भय । तामाङ समुदायको रितिरिवाज सस्क्रीती अनी परम्परामा दसैं मनाउने भन्ने कहिकतै उल्लेख भएको पाइदैन । र कहीकतै उल्लेख भयको पाइयको पनि छ । तर त्यहा केही गडबडी अनी त्यो सस्क्रीतिलाई बङ्याइयको लाटाले पनि बुझ्छन । यस्तै राइ, गुरुङ, भोटे, मगर आदी जातिहरुको परम्परामा दसैंको ईतिहास छैन । तै पनि अहिले सम्पूर्ण नेपालीहरुलाई दसैं मान्नु छ । देश धर्म निरपेक्षतामा गय । सबैले आ आफ्ना सस्क्रीती र ईतिहास बुझ्दै छन । जबरजस्ती मान्न लागाइनु र आफ्नै बिबेकले बुझ्नुमा फरक छ । मात्र यतीकी समय लाग्छ । कसैलाई जबर्जस्ती गरिन्छ भने त्यो अपराध हो । अघिल्ला सासक बर्ग अछुतो छैन । तिनैले गरेको अपराध अहिलेका जनजाती पुस्ताले भोग्दै छन । अहिलेका सासकले यो कुरा बुझ्न जरुरी छ ।
      नेपालमा दसैं उत्सब चलिरहदा यती खेर म यूरोपको कुनै कुनामा दसैंको रमझम, भेटघाट अनी भलाकुसारीमा छु । आफ्नै देशमा रहदा त्यो लामो बिदाको समय, साथी भाई सँगको भेटघाट, रमाइला कार्यक्रमहरुमा भाग लियको यादहरु लाई निरन्तरता दिनकोलागी पनि हामी यहाँ नेपालीहरु जम्मा भयका छौ । साथीहरु जम्मा भय गफगाफ रमाइलो, खानपिन, अनी हिन्दू धर्मवलम्बी साथीहरु टिका जमरा लागाउछन अन्यलाई कर छैन । बिदेशमा रहदा नेपालको चाड भेटघाट गर्ने बाहान बनीदिदो रहेछ । हामीले दसैंको बाहानामा इटलिको मिलन शहरमा जम्मा भयर खुब रमायौ, खयौ, अनी खुब जन्मभुमी सम्झियौ, त्यो बिगत सम्झीयौ, अनी त्यो लट्टे पिङ्ग सम्झियौ । र कत्ती साथीहरु परिवार सम्झीदै मनका कुराहरु साथीहरु सँग साट्दै थिय, त कोही दशकौ भइसक्यो स्वदेश छाडेको नरमाइलो मन्दै थिय । यो अवसर जुर्यायो नेपाल मितेरी मुन्च मिलानो, इटलिले ।

हामी सात समुन्द्र पारी छौ । नेपालमा दसैंको हर्सोलास भईरहेको समयमा यो पर्देशको ठाउमा हाम्रो नेपाली मनलाई बुझाउन, नेपाली बिच भेटघाट जमघट हुने अवसर मिलाउन पनि यो कार्यक्रम गरियको हो । नेपाल र नेपाली भन्ने भावना जगाउन, बिदेशी भुमिमा रहदा पनि आफ्नो भाषा, रितिरिवाज अनी सस्क्रीती जोगाउनको लागि पनि एस्तो कार्यक्रम अवस्यक छ ।