अहिले धेरै नेपालीहरु युरोपियन मुलुक कसरी छिर्न सकिन्छ भनेर उपाए खोज्न थालेका छन । विशेष त राम्रो पढाइ भएका युवा अमेरिका, क्यानडा, अस्ट्रेलिया जान चाहन्छन तर जान नपाएपछि युरोप छिरेर कार्ड बनाउने सपना धेरैले बुन्ने गरेको पाइन्छ ।
पढे-लेखेका युवा खाडी मुलुक जान हीनताबोध गर्छन् । यसैले जसरी हुन्छ सेन्जेन भिसा लगाउने र युरोप छिर्ने धेरैको सोचाई बनेको छ । भिषा लागे पछी केही दिनको लागि भनेर युरोप छिर्ने र यतै बस्नेको संख्या बढेको छ । युरोपको सबै देशमा लामो समय बस्ने अनुमती पाईदैन । भिषा सकिय पछी अबैधानिक हुनु पर्ने हुन्छ । अबैधानिक रुपमा बस्दा बिभिन्न समस्या भोग्नु पर्ने हुन्छ l त्यसैले युरोपका जुनसुकै देशमा छिरे पनि अन्तत पुग्नु पर्ने पोर्चुगल नै हो । त्यसैले धेरै जसो पोर्चुगलतिर छिर्ने गरेको पाइन्छ ।