फुटपाथ पसल ( गफगाफमा आधारित )


लगानी - ब्यवसाय अनुसारको ।
प्रकृया - कमुने दि मिलनोमा गएर फर्म भर्ने ।
लाग्ने शुल्क - ३२ युरो
वार्षिक शुल्क - ८५ कर
ठाउको वार्षिक शुल्क - १००० युरो ( स्क्वायर फिटमा नापेर दिन्छ शायद )
चाहिने कागज पत्र - पेर्मेसो सुजोर्नो, कर्ता दि आइडीनटिटा, कोदिचेपिस्काले
कुन जोनामा गर्ने हो पहिले कन्फर्म हुने ।
१,२,३ युरोमा बेच्न सकिने अतिआवश्यक बस्तुहरु राख्न सकिन्छ ।
मासीक १००० कमाइ गर्न कम्तिमा पनि -
१०००/२४ = 41.66 युरो कमाउनु पर्छ । एस्को लागी कम्तीमा पनि दैनिक रुपमा १०० युरो बराबरको सामान बेच्न सक्नु पर्दछ ।
४१.६६/८ = ५.२० दिनको ८ घण्टा खट्दा पर्दो रहेछ ।
बिस्तारै यो क्रमलाई बढाउदै लग्न सकिन्छ ।
चाईनिज मर्केट बाट सामान ल्याएर बेच्न सकिन्छ । पछी पछी नेपाल बाट पनि सामान मगाउन सकिन्छ । 

दुबिधा नै दुबिधा ।

जीवनलाई ब्यवस्थित गर्न तिर लाग्ने कि सम्पतीको किचलो तिर ?
अरुको परिवार हेरेरै चित्त बुझाउने कि आफ्नो परिवार बनाउन तिर लाग्ने ?
जागिर खाने कि ब्यापार गर्ने ?
सधैं थोत्रो सोफामा सुत्ने कि नयाँ खाट किन्ने ?
ससुरालिमै मनमुटाव गरी बस्ने कि आफ्नो बाटो लाग्ने ?
सेवा गर्न तिर लाग्ने कि धन कमाउने तिर ?
सधैं अरुको किचलो सहेर बस्ने कि बिद्रोह गर्ने ?
म ठीक उनिहरु बेठिक कि उनिहरु ठीक म बेठीक ?


सासु ससुरा - सबै जना सदस्य आफ्नै वरिपरी देख्न चाहन्छ ।
छोरा छोरी - आधुनिकतामा चल्नु पर्ने, ह्या झ्याउ लाग्दो, पिज्जा खानु पर्ने, मै जाने मै सुन्ने ।
ठुलि छोरी ज्वाँई - कहिल्यै पनि पैसा छ भन्न जानेन, जहिल्यै पैसा छैन । तर बुडा बुडीकै कमाई राम्रो छ ।
नाता नातिनी -  दुबैलाई टि भि एक एक चाहिन्छ, पानी भन्दा जुस धेरै चाहिन्छ, बाउ र आमाको स्वभावको ।
माइली छोरी ज्वाइ - उ काममा जान्छे, आमा बा भाई बहिनिको चिन्ता छ उस्लाई, पाच पैसाको बचत गर्न सकेको छैन । चारै तिर बाडी दिने स्वभव त्यसको माथि सबै जना उसैमा निर्भर । म आए देखी पैसा बन्द , घरको तिर्नु बाहेक । सबै जना बम । पड्किन मात्र बाँकी छ । कहिले पड्किने हो प्रतिक्षामा छु । कि बम सँगै तहस नहस हुन्छु कि सुरक्षित हुन्छु । 

जब

जब कोही कसै देखी टाढा हुन्छ तब उस्लाई उस्को महत्व थाहा हुन्छ । नजिकको देवता हेला भनेको झै जब हामी नेपालमा हुन्छौ हामीलाई नेपाल र राष्ट्रियताको महत्व थाहा हुँदैन । जब हामी बिदेशिन्छौ तब हामी नेपाल, नेपाली भन्ने राष्ट्रीयता अनी घरको आमा बुवा र परिवार गुमाएको महशुस गर्न थाल्छौ । बिदेशीय पछी थाहा हुने रहेछ नेपालको त्यो परीचित ठाउँहरु अनी खुल्लम खुला लग्ने डाडा काडामा निस्फिक्री घुम्न सकेका, जो जस सँग पनि निस्फिक्री बोल्न सकेका, कही जान रोक तोक छैन, आफ्नै आफन्त आफ्नै गाउ ठाउँ, आफ्नै परिवारमा हासी खुशी बचेँका । आहा सम्झदा पनि रमाइलो लाग्ने । वस्तबिक सुख र आनन्द त त्यो हो जो हामी चिताउछौ जस्ले जिन्दगी बिताउन सजिलो बनाउछ । सबै छ नेपालमा । हामीलाई मात्र पैसाको पिरलो छ । पैसा सबै थोक होइन मात्र जिन्दगी चलाऊन चहिने एउटा पाटो । हामी भविस्य सुन्दर बनाउन र सम्पन्न हुनको लागि बिदेशीयका छौ सबै सुख त्यागेर । बिदेशमा दु:ख गरे पैसा छ , नेपालमा देखा सिखी गर्न पुग्ने पैसा छैन सबै सुख छ ।