शरीर बचन मन


सबै चिज अनित्य बोधले घमण्ड हराउछ । 

जन्म हुनु, ब्रिद्ध हुनु, रोग लाग्नु, मृत्‍यु हुनु दु:ख हो । 

प्रिय वस्तु संगको बियोग र अप्रिया सँगको मिलन दु:ख हो भन्ने बोधले मोह हराउछ । 

मन वचन र कर्मलाई सत्मार्गमा लगाउनु पर्छ भन्ने बोधले त्रिष्णा हराउछ । 

पञ्चतत्वले बनेको यो शरीर र मन मिलेर बनेको जिवको जन्म अज्ञानताले भएको हो भन्ने जाँदा घ्रिणा हराउछ । 

कर्म र कर्मफलको बोधले कुमार्गमा लाग्दैन । 

मन चन्चल छ । मनले नै शरीर संचालन गर्दछ । त्यसैले मनको नियन्त्रण आवश्यक छ । 

शरीर बचन मनको नियन्त्रण नै वास्तबिक सुख हो । शरीर बचन मनको स्वतन्त्रता क्षणिक सुख हो ।

 


आज शनिबार


आज शनिबार । अफिस छुट्टी , बिध्यालय छुट्टी, प्राय हामी शनिबारको दिनलाई फुर्शदको दिन पनि भन्दछौ । तपाईं बिद्यालय जानु हुन्छ भने जान नपर्ने , अफिस जानु हुन्छ भने जान नपर्ने, तपाईं अभिभावक हुनु हुन्छ भने तपाईंहरुलाई पनि आज बिशेष दिन । सधैं आफ्नो बाल बच्चाहरु स्कुल जाने । तर आज आफ्नो अगाडि खेलेको देख्नु हुनेछ । हामी आश गर्छौ आज तपाईंको दिन हर्श, उमङ अनी सुखमय सँग बिताउनु हुनेछ । हप्ता भरिको दैनिकीबाट मुक्त भएका छौ आज हामी । हाम्रो जिन्दगी, हाम्रो समय, हामी जसरी चलाऊछौ त्यसरी नै चल्छ । रमाइलो , आनन्द अनी सुखमय सँग दिन बिताउने इच्चा सबैलाई हुन्छ । तर हामी चुकी रहेका हुन्छौ । कlरण हाम्रो सोचाइ हो हाम्रो मनस्थिती हो । यसैले हामीलाई दु:ख दियीरहेको हुन्छ । त्यसैले तपाईं दिनको शुरुवात साकारत्मक सोचका साथ शुरी गर्नुस् । हामी तपाईंलाई यही सल्लाह दिन्छौ । आजको यो शनिबारको छुट्टीको दिन को भरपुर सदुपयोग गर्नुस् । रमाउनुस् । खुशी हुनुस । तपाईंलाई शुभकामना ।

Few Movie & documentary worth watching if you are interested in money & stock market.


1. Wall Street (1987)
2. Margin Call (2011)
3. Boiler Room (2000)
4. The Wolf of Wall Street (2013)
5. Trading Places (1983)
6. Rogue Trader (1999)
7. Glengarry Glen Ross (1992)
8. American Psycho (2000)
9. Barbarians at the Gates (1993)
10. The Big Short (2015)
11. Floored (2009)
12. Chasing Madoff (2011)
13. The Ascent of Money (2008)
14. Too Big to Fail (2011)
15. Equity (2016)
16. Wall Street Warriors (2006)
17. Inside Job (2010)
18. Capitalism: A Love Story (2009)
19. The Wizard of Lies (2017)
20. The China Hustle (2018)
21. Banking On Bitcoin (2017)
22. Enron: The Smartest Guys in the Room (2005)
23. -Duplicate Removed-
24. Freakonomics (2010)
25. Wall Street: Money Never Sleeps (2011)
26. Arbitrage (2012)
27. Guru (2007)
28. Corporate (2006)
29. Scam 1992 (2020)
30. The Pursuit of Happyness (2006)
---------------------------------
--Comment Addition--
a. Money Monster (2016)
b. Baazaar (2018)
c. The Boy in the Striped Pajamas (2008)
d. The Big Bull (2021)
---------------------------------
Few I have watched and few I am planning to watch, You can try in your free time.
Comment if you feel some missing, I love to watch movies.
कोटि कोटि धन्यवाद तपाईंलाई आफ्नो ज्यान जोखिम मोलेर यति महत्त्वपूर्ण सुचना हामीलाई दिनु भयो । यो अद्भुत समाचार सुनेर तिनै लोकमा प्रसन्नाता छाएको छ । समस्त नर , नारी , सुर , असुर , देवता , मुनि , गंधर्व प्रसन्न भए । तपाईंको यो समाचार सुनेर पुरै ब्राह्मण प्रसन्न छन् । पुरा संसार प्रकाशमान भयो। तपाईंको यो समाचार प्रशंसनीय एवं अविस्मरणीय छ मानौ चारैतिर एक दिव्य ज्योति प्रजवल्लित भए झै । आगामी दिनमा पनि सृष्टि को कल्याण हेतू यस्तो समाचार दिदै गर्नु । तिनै लोक तपाईंको ऋणी रहने छ । यस्तो जरूरी र मानव जातिको हेतु कल्याणकारी खबर दिनको लागी तपाईंको धेरै धेरै धन्यवाद । यदि यो खबर नेपाली जनताहरुलाई नमिलेको भए पुरै नेपालीको समस्त मानव र जीव आफ्नो जीवन अज्ञानको घोर अंधकार मा डूबी रहने थियो ।
तपाईंले आफ्नो दिब्य खबरको प्रकाशले अन्धकारलाई समाप्त गर्दिनु भयो : नेपालको समस्त जनताहरु तपाईंको सधै ऋणी रहनेछन्। ।

युरोपको वास्तबिकता - गन्तब्य पोर्चुगल

अहिले धेरै नेपालीहरु युरोपियन मुलुक कसरी छिर्न सकिन्छ भनेर उपाए खोज्न थालेका छन । विशेष त राम्रो पढाइ भएका युवा अमेरिका, क्यानडा, अस्ट्रेलिया जान चाहन्छन तर जान नपाएपछि युरोप छिरेर कार्ड बनाउने सपना धेरैले बुन्ने गरेको पाइन्छ ।

पढे-लेखेका युवा खाडी मुलुक जान हीनताबोध गर्छन् । यसैले जसरी हुन्छ सेन्जेन भिसा लगाउने र युरोप छिर्ने धेरैको सोचाई बनेको छ । भिषा लागे पछी केही दिनको लागि भनेर युरोप छिर्ने र यतै बस्नेको संख्या बढेको छ । युरोपको सबै देशमा लामो समय बस्ने अनुमती पाईदैन । भिषा सकिय पछी अबैधानिक हुनु पर्ने हुन्छ । अबैधानिक रुपमा बस्दा बिभिन्न समस्या भोग्नु पर्ने हुन्छ l त्यसैले युरोपका जुनसुकै देशमा छिरे पनि अन्तत पुग्नु पर्ने पोर्चुगल नै हो ।   त्यसैले धेरै जसो  पोर्चुगलतिर छिर्ने गरेको पाइन्छ ।

NRNA बेल्जियम द्वारा बेल्जियम सरकारलाई आर्थिक सहयोग हस्तान्तरण

 गत जुलाई २४ मा बेल्जियमको वालोनी क्षेत्रमा आएको बढीले यहाँको जनधनमा निकै क्षती पुर्यायो । बेल्जियममा ३६ जना भन्दा बढीको मृत्यु भएको भिन्न समाचारमा उल्लेख छ । बाढीमा परी सयौं घर भत्किएका छन् भने हजारौं विस्थापित भएको छ । यहाँको बाढीबाट पिडीतहरुको लागी मानवीय सहयोग गर्ने उद्देश्यले बेल्जियम सरकारले नागरिकहरु समक्ष यहॉंको रेडक्रस मार्फत सहयोग गर्न आग्रह गरेको थियो । आफु बसेको देशलाई आपत पर्दा सहयोग गर्नु पर्छ भन्ने उद्देश्यले गैर आवासिय नेपाली संघ बेल्जियमले पनि आफ्नो कर्म भुमीलाई आपत परेको बेला सबै नेपालीले सहयोग गरौ, यो एउटा सहयोग गर्ने अवसर पनि हो भन्दै सहयोग अभियान संचालन गर्‍यो । NRNA बेल्जियमले संचालन गरेको यो अभियानमा धेरै थोरै जती सकिन्छ ? नेपालीहरुको तर्फ बाट पनि श्वास्फुर्त रुपमा सहयोग आउन थाल्यो । nrna बेल्जियमले यसरी संकलन गरेको २५ सय युरो एक कार्यक्रमको आयोजना गरी लुभेन महानगरपालिकाका मेयर मोहम्मद रिडवानी मार्फत यहाँको रेडक्रसलाई हस्तान्तरण गरिएको छ ।


निर्वाण अर्थात् सुखै सुख

 सबै बौद्धका लागि सर्वप्रिय शब्द हो, ‘निर्वाण’। बुद्ध र बौद्धसँग सम्बन्धित सम्पूर्ण धर्मदर्शन तथा क्रियाकलापको तात्पर्य वा अन्तिम लक्ष्य निर्वाण मात्रै हो। बौद्ध धर्मदर्शनले दुःखलाई एक सत्य मानेको छ, तर त्यो शाश्वत होइन, शाश्वत  केही छैन। जीवन प्रवाह भन्नु नै दुःख हो। बुद्ध र बौद्ध जगत्मा चासोका विषयमा पर्छन्–  दुःख छ, दुःखको कारण छ, यसलाई निवारण गर्न सकिन्छ र अष्टांगिक मार्गलाई अवलम्बन गर्दा दुःख अन्त्य हुन्छ। अष्टांगिक मार्ग भन्नु नै निर्वाण मार्ग हो। दुःखको अन्त्य वा दुःखरहित भन्नु नै निर्वाण लाभ गर्नु हो।

चार आर्यसत्य र आर्य अष्टांगिक मार्ग

 भगवान बुद्धले सबै मानव जगतको निमित्त, बहुजन हिताय र बहुजन सुखायको निमित्त दिनुभएको प्रमुख शिक्षा भनेको चार आर्यसत्य र आर्य अष्टांगिक मार्ग नै हो । चार आर्य सत्यको संकल्प नै बौद्ध दर्शनको मुल सिद्धान्त हो । अनी आर्य अष्टाङीक मार्ग नै एक मात्रा निर्वान सम्मा पुगे बाटो हो । आउनुहोस्  अब म तपाईंहरुलाई स बिस्तार बताउने छु ।  

के के हुन त ? चार वटा आर्यसत्य ?


(१) दु:ख - संसारमा दु:ख छ ।

(२) समुदाय - दु:खका कारण छन ।

(३) निरोध - दु:खको निबारण छ ।

(४) मार्ग - निवारण गर्नको लागि आर्य अष्टांगिक मार्ग छ । 

गैर आवासीय नेपाली संघ बेल्जियमको सदस्यता वितरण समितिको अत्यन्त जरुरी सूचना !!!
आदरणिय बेल्जियमबासी वुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरु,
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको आगामी July 18 मा हुन गईरहेको राष्ट्रीय अधिवेशनका लागी पंजीकृत सदस्यताको नयाँ सदस्यता आवेदन १७ तारिख राती १२ बजे बाट बन्द गरिएको यहाँहरुलाई अवगत नै छ I हाल बेल्जियम निवासी गैर आवासीय नेपाली संघका केहि अग्रज अभियन्ता एबं सामाजिक व्यक्तित्व र पंजीकृत सदस्यता आवेदन दिन छुट व्यक्तित्वहरुहरु बाट सदस्यता फारम भर्न छुट भएकोले थपि पाऊ भनि निबेदन प्राप्त हुन आएकोमा राष्ट्रिय महाधिबेशन सम्बन्धी नियमावलीलाई समेत ख्याल राखी निम्न प्रक्रियामा रही अन्तिम पटकको लागि आज शनिबार बेल्जियम समयको बिहान १२ बजे देखि दिउसो ४ बजे सम्मलाई आवेदन खुल्ला गरिएको सम्बन्धित सबैलाई जानकारी गराउदछौं I

'ग्रीन तारा' - आर्य तारा

 'ग्रीन तारा' जसलाई नेपालीमा आर्य तारा भनिन्छ।

आर्य तारा भन्नासाथ हरियो अनुहार र ज्यान भएकी, एक हातमा निलो र अर्कोमा रातो फूल समाउने भगवान हुन्। आर्य ताराको आँखाले एकदम मायालु दृष्टिले हेरेको हुन्छ भन्ने दर्शनशास्त्र छ।