थान्का
नeपाली हस्तकलाको विविध विधा मध्ये थान्का (पौभा) चित्र लेखन पनि एक मौलिक कला हो। यो चित्र लेखन कार्य सूती कपडामा गरिन्छ। सूती कपडालाई काठको फ्र्रेममा कसी सपेता र सरेस मिलाएर पोतिन्छ। सपेता र सरेस सुकेपछि चिल्लो काठको फलेकमा राखेर पानीले भिजाई ढुङ्गाले घोटिन्छ। यो क्रम धेरै पटक दोहोर्याएपछि मिहिन चिल्लो भई लेख्न योग्य हुन्छ। थान्कामा विशेष गरेर बुद्धका चित्रहरू बढी मात्रामा कोरिएको पाइन्छ। यो थान्का लेखन कला नेपाल बाहेक विशेष गरी चीन, जापान, कोरिया मंगोलिया आदि देशहरूमा रहेको छ। यो एक प्रकारको चित्र लेखन भए तापनि सामान्य चित्र लेखनभन्दा यो फरक रहेको छ।
थाङ्का बौद्ध दर्शनका आधारित एउटा विशिष्ट कला हो। जतिखेर बुद्ध धर्मको प्रचार हुँदै थियो, त्यसबेला पढेलेखेका मानिस कम थिए। चित्रबाट सजिलै धर्मशास्त्रको ज्ञान दिलाउन पाँचौं शताब्दीमा यो चित्रकलाको विकास भएको थियो भन्ने धारणा रहि आएको छ | त्यसबेलाको नालन्दा विश्वविद्यालय -हाल भारतको पटना)मा यो विषयको अध्यापन हुन्थ्यो। तिब्बत, नेपाल तथा भारतका बौद्ध गुरूहरू यसको शिक्षा लिन त्यहाँ जान्थे। पछि तिब्बतको राजनैतिक परिवर्तनपछि त्यहाँका खाइबाहरू पलायन भए। उनीहरूको उद्देश्य फेरियो। उमेरका कारण उनीहरू चित्र कोर्न नसक्ने भए। उनीहरूका चेला-चेलीले त्यो दर्शन पूर्ण रूपमा टिप्न सकेनन्। आधुनिक शिक्षाका कारण भारतमा पनि यो कलाको अध्यापन रोकियो, तर नेपालका गुम्बामा भने यो शिक्षा फैलिँदै गयो। त्यसैले विश्वमा जति पनि थाङ्का बिक्री-वितरण हुन्छन्, तीमध्ये ९५ प्रतिशत थाङ्का नेपाली हुन्छन्।
नेपालको राजकुमारी भृकुटीको तिव्वती राजा स्रङचन गम्पो सँग विवाह भए पछि यो कला तिव्वतमा प्रवेश पाएको विश्वाश गरिन्छ | यो कला नेपालीको हातमा मात्र भएकाले यो नेपाली कला हो, तिब्बती होइन। हाल वजारमा पाईने थान्कामा नेपाली पौभा चित्रको प्रभाव रहेको छ |
बिवाद इटालि
इटालिको ब्यापारिक मेलामा थोरै रुपैया लगानी गरेर ग्वाम्मै युरो कमाउला भन्ने उद्देश्यले दलालहरुको एउटा समूह बनेको थियो । त्यो समुहमा चिरा आयो भन्ने सुनेको छु । के कारणले चिरा पर्यो ? बिस्तारै खुल्दै जाने छ । त्यो समुहको उद्देश्य भन्नू नै करोडौ रुपैया लगानी गरेर आएका ब्यापारिहरुलाई धम्याउने, पैसा माग्ने, सामान जफत गर्ने धम्की दिने, अत्यास पार्ने काम गर्ने हो । आफुलाई बुद्दिजिवी ठान्ने , युरोपका जानकार हुँ भन्ने, 20 औ बर्ष देखि यो मेलामा सहभागी हुँदै आएकाहरुलाई ब्यापारको तरिका सिकाउने यो समुहको कार्य शैली हो । व्यापारीहरुलाई तह लगाउन भनेर निकै तमझाम गरेर इटालिको रोममा खै ! के जाती सङ्गठन पनि खोली भ्याईसकेका थिय । अन्तत अरुलाई कार्वाही गर्न , अरुलाई पाठ सिकाउने समूह नै कमिसनको भागबण्डा नमिल्दा तीन महिनाको शिशु अवस्थामै चिरा पर्यो ।
मेरो भन्नू यत्ती हो कि - नेपालको प्रवर्दन गर्ने र मेलामा आउने ब्यापारिलाई तह लगाउने उद्देश्यले निकै चुरी फुरि गरेर एउटा समूह बन्यो ।
१. फ्रान्स निवासी पत्रकार ददि सापकोटा
२. स्विस निवासी शिव रिजाल
३. मिलान निवासी भरत लामा
यिनले मेलामा प्रदर्शन गर्न मन्दिर ल्याए । देखाए पनि ।
पाइलट बाबा ल्याए रोममा । सबैलाई दर्शन गराए ।
बिभिन्न ब्यानर देखाए नेपालको । राम्रै गरे ।
अरु कुरो माथी नै लेखी सकेको छु ।
यी नै समूह फुट्न लागे । लेनदेनको कुरो मिलेन भनेर लेख्दा आसेपासेहरुलाई किन मुटु पोल्यो थाहा पाउन सकिन ।
आफुहरु उपल्लो वर्गमा रहि तल्लो वर्गमा देखाउन एउटा समूह बनाए । जसको नाम अन्तराष्ट्रीय नेपाली हस्तकला महासङ्घ घोषणा गरे । जुन रोममा उद्धाटन गरे ।
मलाई किन चासो भयो त यो समुहको ?
यिनिहरुले मलाई पनि आफ्नो समुहमा सामेल गराउन हरदम प्रयास गरेका हुन । तर मैले मानिन । यिनिहरुको गलत बिचार र गलत सोचाई मेलामा आउने जो कोहिलाई थाहा छ ।
नोट :- यस समुहमा ददि सापकोटा अपवाद हुन । यिनको त्यति सहभागीता देखिन्न । यहाको गतिबिधी यिनलाई राम्रो जानकारी छैन जस्तो लाग्छ । समुहको नाममा क - कसले के के भनेका छन र बोलेका छन । भरत लामा यो समुहको पिडित र इमान्दार सदस्य हो । अहिले यी नै भरत तामाङ लाई शिव रिजालको योजनामा समूह बाट अलग्याउने सुचना प्राप्त भएको छ । फुटेको समुहलाई मैले चिरा पर्यो भने । कहानिर गल्ती भयो ?
मैले यत्ती लेख्दा Nepal Miteri Munch का अध्यक्ष विशाल तामाङ र सिताराम घिमिरेलाई कताको काउसो पर्यो ? मैले बुझ्न सकिन ।
मैले अन्त हान्दा तिमिहरुलाई दुख्छ भने हनुमान नभनेर अरु के नाम दिउ ?

इटालिमा लाग्ने प्रदर्शनि
इटालीमा बार्षिक दर्जनौ अन्तराष्ट्रीय प्रदर्शनीहरु र सास्क्रीतिक मेलाहरु हुँदै आएका छन । युरोपका अन्य देशहरुमा लाग्ने अन्तराष्ट्रीय प्रदर्शनीहरु भन्दा इटालिमा लाग्ने प्रदर्शनिहरु प्रख्यात छन । एशिया बाट भाग लिन आउने देशहरुमा नेपालको सहभागीता पनि कमको छैन । नेपाल बाट यता आउनेहरुमा ठुला कम्पनीहरु देखि मध्यम पुजि भएका कम्पनिहरु समेतको सहभागीता छ । विशेष गरि नेपाली हस्तकलाका सामानहरु, पस्मिना, फेल्टका डिजाइनहरु, गार्मेन्ट जस्ता बस्तुहरुको युरोपमा राम्रो बजार छ । आर्थिक मन्दिको प्रभावले गर्दा आर्थीक स्तर सुधार्न नसकिरहेको युरोपको बजारमा नेपाली सामानको मूल्य प्रती युरोपियनहरुको आकर्षण बढ्दो छ । यस्ता प्रदर्षनी तथा मेलाहरुमा कम मुल्यमा सामान खरिद गर्न पाईने भएकोले पनि यस्ता प्रदर्शनी र मेलाहरुमा निकै भिड लाग्ने गर्छ ।
नेपालप्लसमा राजनितिक गूटबन्दीको पर्दाफास भएपछि एन आर एन इटालीको अधिबेशन रद्द

महिन्दो वाईवा / मिलान, ईटाली
राजनैतीक सहमती, सहमती भित्रकोपनि असहमती, आआफ्नो समुहको गुटबन्दी, भनाभन, आरोप प्रत्यरोप र अन्तरिक बिवाद मिल्न नसक्दा एन आर एन इटालीको अधिवेशन अगस्ट २ मा नहुने भएको छ । त्यो राजनितिक गूटबन्दीको नेपालप्लसले यहि बिहिबार पर्दाफास गरिदिएपछि एन आर एन ईटालीको अधिबेशन अनिश्चित कालकालागि रोकिएको छ । अन्य पदहरुमा कुरा मिलीसकेतापनि अध्यक्ष पदमा कुरा मिल्न नसक्दा बिवाद उत्कर्षमा पुगेको थियो ।
Subscribe to:
Posts (Atom)