कर्मको खेला , प्रवासको मेला, यसैमा रमाउछु
पिरगरी हुन्न, अब म रुन्न, यतै म जमाउछु ll
पिरगरी हुन्न, अब म रुन्न, यतै म जमाउछु ll
नेपाल छाडेको त्यस्तै ६ महिना पुग्न लागेछ । नेपालीहरु युरोपलाई सपनाको संसारसँग कल्पना गर्छन । युरोपको सम्पन्नता, सिबिधा, जीवनशैली, लवाइ खवाइ । युरोप पुग्न पाए त पैसाको सोत्तरै सोरम्ला भन्ने एउटा सुन्दर सपना देख्ने गर्छन । मेरै कयौ साथीहरु भन्ने गर्छन् ‘तँ त सिधै युरोप पुग्ने भइस है ! अब एन आर एन हुने भइस होइन ? अब हामीलाई पनि बिर्सिन्छस होला है ?’ यस्तै प्रश्न हुने गर्थे साथी भाई को ।
बिशेष गरी बौध्द धर्मावलम्बीहरुले यो झन्डा प्रयोग गर्छन । नेपालको हिमाली क्षेत्रमा यो झन्डा धेरै नै देख्न सकिन्छ । अन्यत्रभन्दा । त्यसको कारण छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, भोटे, तामाङ, गुरुङ, थकाली आदी जातिहरु बौध्द धर्म मान्दछन । आफ्नो कुनै शुभ कार्य गर्नु अघि बौध्द धर्मावलम्बीहरुले यो झन्डा टाँग्छन् ।