गजल - ५


आयो आयो भन्छन दशै, कता आयो थाहा छैन
हुने खानेको हो दशै, हुँदा खानेलाई चाहा छैन ।।

चाहे गरीब चाहे धनी, रहर हुन्छ सबैको
मिठो खाने र राम्रो लाउने, इच्छाउने कहाँ छैन ।।

दु:ख पिडा, पिर मर्का बिछोडलाई रहत दिन
ल्याउन सकोस यो पर्बले हासो खुशी जहाँ छैन ।।

गच्छे अनुसार मनाऔ दशै रिणको भार नबोकौ
छाडिदेउ अब देखासिकी  रमाइलो त्यँहा छैन ।।

कार्तिक ४, २०६८

---------- गर्मी -------


टन्टलापुर घाम, बाफिएको सडक
ज्यानलाई थिच्ने चारै तिरको तातो हावा
उत्पात गर्मी बढेको छ
सरसर्ती बजार घुम्दा देख्छु
कोही गर्मिबाट छल्न बारफ चुस्दै
कोही सितल छाहारीमा बसेर गफीदै
कोही घाम बाट छल्न चाइनिज छाताको साहार लिन्छन
अनी बैसालु तरुनीहरु
गर्मी छल्न छोटा पहिरनमा,
बाटोमा छिल्लिदै
कसैको पर्वहा नगरि
बाटोको ट्राक्नै परिवर्तन गर्न
वाध्य पार्ने
रेडियो सुन्छु
टेलिभिजन हेर्छु
देशको अवस्था पनि कमको छैन
घामको तापले बढाएको तापक्रम सँगै
पारो जसरी
राज नेताहरुको बोलिले
बाफीरहेको छ देश
सङ्लै भएको भय कोइला दिने थियो
फगत कमसल परेछ
बलिरहेछ, जलिरहेछ, गालीरहेछ
यो देश,
यो गर्मी मा म गले झै

महिन्दो वाइबा
बैशाख ६ , २०६८

गजल - ४


तिम्रै लागि बाचेको छु , पल पल हासेको छु
तिमी टाढा भए पनि यो मन मुटुमा साचेको छु ।।

चाडै आउछौ होला भनि पर्खी बस्छु दिन गन्दै
सम्झनाको महल सजाइ तिम्रै लागि बाचेको छु ।।

झल्को आउँदा मुटु पोल्दा प्रेम रोगले समायो की !
झाक्री बैध्य डाक्टरको सरण परि जाचेको छु ।।

लामो दुरीमा छौ तिमी प्रबिधीले नजिक्यायो
पाउदा तिम्रो तरङ्गमा स्पर्श सर्माउदै नाचेको छु ।।

प्रेम दिवसको पूर्व सन्ध्यामा यस्सो ख्यास्याक्र .....
फाल्गुण २

गजल - ३


जनतालाई लोभ्याउन चिल्ला कुरा छर्नु सम्म छर्यो
जनता पनि लोभिय नेताले जे जे भन्यो त्यही गर्यो ।।

कहिले आन्दोलन कहिले बन्द त कहिले चक्काजाम
अघी अघी जनता लगाइ बेइमान नेता पछी पछी सर्यो ।।

हामी भुल्छौ उस्को चिल्ला गफमा उस्ले त फ्याक्छन पासा
भुत र भबिस्यको चिन्ता छैन नेताको मिठो गफमा चर्यो ।।

कहिले यहाँ कहिले त्यँहा फुर्सद भएन कहिलै पनि
एउटा थियो यो ज्यान आखिर बेवारीसे पाराले मर्यो ।।

शहिद भए रे थाहा छैन लासको राजानिती गर्नेहरु
कम्ता दु:ख दिएनन डाम्नाले एक दिन मरे पछी तर्यो ।।

महिन्दो वाइबा
फाल्गुण २

गजल

जहाँ सम्मान हुँदैन त्यहा जानु हुन्न
अमृत पनि अशुद्द हुन्छ नसोधी खानु हुन्न ।।

बिश्वास गर्नु खै कस्को जो पनि आफ्नै लाग्ने
मित्रको भेशमा शत्रु पर्छ नचिनी लानु हुन्न ।।

२८४९ औँ डुल ल्हो सोनम ल्होछारमा विविध साँस्कृतिक

धादिङ / माघ २९
२८४९ औँ डुल ल्हो सोनम ल्होछार विविध साँस्कृतिक कार्यक्रम गरि जिल्ला सदरमुकाम धादिङबेशीमा पनि मनाइयको छ । तामाङ समुदायहरुको साँस्कृतीक तथा प्रमुख परम्पराहरु मध्ये ल्होछार अर्थात चन्द्र नयाँवर्षलाई सबैभन्दा पुरानो चाड मानि तामाङहरुले मनाउँदै आएका छन् । कार्यक्रम सुरु हुनु भन्दा पहिले जिल्ला सदरमुकाम धादिङवेशीको पुछारबजारबाट र्याली निकालीएको थियो । लोप हुने अवस्थामा पुगेको, तामाङ सँस्कृती झल्कने खालका लामा नाच , झाँक्रि नाच लगायत विभिन्न झाँकि सहित सो र्याली बजार परिक्रमा गरि धादिङबेशी स्थिीत निलकण्ठ उच्चमाविको प्रांगणमा पुगेर बृहत साँस्कृतीक कार्यक्रममा परिणत भएको थियो । तामाङ पहिरनमा सु–सज्जीत तामाङहरुले मनाईरहेको यस पर्व विशेष कार्यक्रममा स्थानिय तथा राष्टिय स्तरका तामाङ कलाकारहरुले तामाङ समुदायको लोकप्रीय म्हेन्दोमाया गीत, नृत्य लगायत अन्य आकर्षक साँस्कृतीक प्रस्तुतीहरु प्रदर्शन गरेका थिए । नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष अकल बहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ पुर्व केन्द्रिय अध्यक्ष धन प्रसाद तामाङको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेपाल तामाङ संघ केन्द्रिय उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङका केन्द्रिय सल्लाहकार दिलमान पाख्रीन , नेपाल तामाङ घेदुङ धादिङले आयोजना गरेको कार्यक्रममा नेपाली काङग्रेस धादिङका सभापति रामनाथ अधिकारी , एनेकपा माओवादि धादिङका सह ईन्चार्ज राम बहादुर भण्डारी , एमालेका कृष्ण अर्याल लगायत विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता , प्रमुखजिल्ला अधिकारी बेद प्रसाद खरेल , स्थानिय विकास अधिकारी रमेश न्यौपाने ,जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी , प्रहरी नायव उपरिक्षक विकासराज खनाल,विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनिधी , नेपाल पत्रकार महासंघ धादिङका सभापति सिताराम प्रसाद बर्मा लगायत जिल्लामा क्रियाशिल पत्रकार लगायत ल्होछार प्रेमी तामाङ र अन्य समुदायको सहभागिता रहेको थियो ।

गजल

बाहिर गर्मी भित्र चिसो हावा मन्द मन्द
रसिलो हुन्छ गजलमा छानौ छन्द छन्द

बलात्कारी,हत्या,हिङ्सा,अपहरण हुन्छ यहाँ 
देश जल्दा नेताको आवाज किन बन्द बन्द



शनिबार

आज शनिबार दिन । अफिस छुट्टी , बिध्यालय छुट्टी, प्राय हामी शनिबारको दिनलाई फुर्शदको दिन पनि भन्दछौ । तपाईं बिद्यालय जानु हुन्छ भने जान नपर्ने , अफिस जानु हुन्छ भने जान नपर्ने, तपाईं अभिभावक हुनु हुन्छ भने तपाईंहरुलाई पनि आज बिशेष दिन । सधैं आफ्नो बाल बच्चाहरु स्कुल जाने । तर आज आफ्नोइ अगाडि खेलेको देख्नु हुनेछ । हामी आश गर्छौ आज तपाईंको दिन हर्श उमङ अनी सुखमय सँग बिताउनु हुनेछ । हप्ता भरिको दैनिकीबाट मुक्त भएका छौ आज हामी । त्यसैले पनि हामीले हप्ता भरिको कामको फत्त्ते गर्नु छ । आजको यो शनिबारको छुट्टीको दिन को भरपुर सदुपयोग गर्नुस् । रमाउनुस् । खुशी हुनुस । तपाईंलाई शुभकामना ।

सकारात्मक सोच

व्यक्तिको सोचले पनि उसको स्वास्थ्यमा उत्तिकै प्रभाव पार्छ । जसरी नकारात्मक विचारधाराले व्यक्तिको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ त्यसरी नै सकारात्मक सोच स्वास्थ्यका लागि फलदायी हुन्छ । जीवनदर्शनका विचारक ओशो रजनीशका अनुसार मनुष्यको सुन्दरता धेरै हदसम्म उसको मुडमाथि निर्भर हुन्छ । व्यक्ति सबैभन्दा कुरूप तब लाग्छ जब ऊ क्रोधको अवस्थामा हुन्छ । त्यसको ठीक विपरीत ऊ तब सुन्दर देखिन्छ जब सहज अवस्थामा हुन्छ । डिप्रेसन, ब्लडप्रेसर आदि कतिपय रोग त्यसै पनि ठीक हुन्छन् । ओशोका अनुसार स्व तथा स्थ यी दुई शब्दबाट स्वास्थ्य बन्छ । यस अर्थमा स्वस्थको अभिप्राय हुन्छ, व्यक्ति स्वयंमा स्थित छ । स्वयंमा स्थित हुने कुरा सीधा मनोदशासित जोडिन्छ । ओशोका अनुसार व्यक्तिले जबसम्म आफ्नो दृष्टि भौतिक संसाधनमा केन्दि्रत गरिरहन्छ तबसम्म ऊ आत्मतत्त्वतर्फ दृष्टि लगाउन सक्दैन र तनावग्रस्त रहन्छ । आत्मतत्त्वतर्फ ध्यान केन्दि्रत हुन थालेपछि तनाव विस्तारै टाढा हुँदै जान्छ र व्यक्ति रोगबाट पनि मुक्त हुन्छ । यही नै स्वास्थ्य हो ।

सकारात्मक सोच राख्नु करिअर विकासका लागि महत्वपूर्ण हुन्छ। वास्तवमा सकारात्मक सोच नै सफलताको अर्को महत्वपूर्ण पक्ष हो। आफू सकारात्मक हुनको लागि साथीभाइ पनि सकारात्मक हुनुपर्छ। त्यसैले सफल हुनका लागि आवश्यक छ सकारात्मक सोच राख्ने मानिसको साथ। सफल व्यक्तित्व बनाउनका लागि सबैभन्दा महत्त्वपूर्ण आवश्यकता भनेको सकारात्मक सोच हो। धेरैजसो कार्यालयमा केही यस्ता मानिस हुन्छन् जो हरेक कुरालाई नकारात्मक दृष्टिले हेर्छन्। यस्तो विचारले काममा चुस्तता ल्याउनेभन्दा पनि नैराश्य जन्माउँछ। आफ्नो कार्यालय र कार्यस्थलको वातावरण मैत्रीपूर्ण र रमाइलो बनाउनुपर्छ। राम्रो र मित्रवत् व्यवहार भएमा त्यसले हरेक काममा सहयोग, साथ र हौसला बढाइरहन्छ। सहकर्मी र साथीभाइलाई बुझ्न सकिन्छ। समग्रमा समूहको कार्यक्षमता र दक्षता बढाउँछ।

सकारात्मक आठ अक्षर

पोजिटिभ थिकिङ् अर्थात् सकारात्मक सोच व्यक्तिको जीवनको हरेक मोडमा आवश्यक हुन्छ । यसबाट सफलताको मार्ग प्रशस्त हुन्छ । आठ अक्षरबाट बनेको 'पोजिटिभ' शब्दका हरेक अक्षरले आफ्नै हिसाबले सकारात्मक सन्देश दिन्छन् ।

P-पेटिएन्स अर्थात् धैर्य ः धैर्य सफलताको सबैभन्दा ठूलो हतियार हो । धैर्य छ भने स्वाभाविक रूपमै नकारात्मक विचार आउँदैन । मलाई अवसर प्राप्त भएन, यदि मेरा छोराछोरी पढाइमा राम्रो भैदिएको भए ? श्रीमान्को जागिर छैन ? आदि बिलौना गरेर मात्र केही प्राप्त हुँदैन । यस्तो अवस्थामा पनि धैर्य धारण गर्ने वा परिस्थितिसित लड्ने हो भने चिन्ता घटाउन सकिन्छ ।